
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक गतिविधिमा सक्रिय देखिएका मन्त्रीहरूलाई सरकारबाट बाहिरिन निर्देशन दिएकी छन् । राजनीतिक दलहरूले पनि मन्त्रीहरूकाे गतिविधिमाथि प्रश्न उठाउँदै दबाब बढाएपछि प्रधानमन्त्रीले निर्देशन दिएकी हुन् ।
चुनाव नजिकिँदै जाँदा सरकारमै बसेर दलगत राजनीति गर्न खाेजेपछि प्रधानमन्त्रीले राजनीतिक गतिविधिमा सहभागी मन्त्रीहरूलाई पद त्याग्न भनेकी हुन् ।'अब हामी निर्णायक चरणमा प्रवेश गर्दैछौं । जो मन्त्रीहरू सक्रिय राजनीतिमा जान चाहनुहुन्छ वा चुनाव लड्ने तयारीमा हुनुहुन्छ, उहाँहरूले तत्काल जिम्मेवारी छाड्दा नै सबैका लागि उपयुक्त हुन्छ,' सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले भनेकाे भनाईलाई उर्द्धत गर्दै स्राेतले भन्याे ।
जेन–जी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारमा विशेषगरी तीन मन्त्री कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्तामाथि प्रश्न उठ्ने गरेकाे छ । घिसिङ र गुप्ता राजनीतिकरूपमा सक्रिय देखिएका छन् ।










Facebook Comments