नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । 

यसअघि मंगलबार बेलुका बस्नेगरि स्थगित भएको बैठक भोलि बुधबारका लागि सारिएको हो । बैठक बुधबार बिहान ९ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

ad

मंगलबारको बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर र जीवन परियारले आफ्नो धारणा राखेका पौडेलले बताए । 

माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने निर्णय गरिसकेको कांग्रेसले उम्मेदवारका नाममा सहमति जुटाउन सकेको छैन ।

नाममा सहमति नजुटेर बैठक भएपछि प्रवक्ता डा. प्रकाशशरण महत सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका थिए ।

विशेष महाधिवेशन गर्ने/नगर्ने विषयलाई लिएर विवाद चलिरहेको बेला कांग्रेस पार्टी कार्यालयमा दिनभर तनाव भएको थियो । 

विशेष महाधिवेशन पक्षधर कार्यकर्ताले महाधिवेशनको विरोध गर्नेलाई पार्टी कार्यालयमा र्‍याख्र्‍याख्ती पारेका छन् ।