
काठमाडौं । नेकपा (एमाले)ले पार्टीको नीति अध्ययन प्रतिष्ठानको प्रमुखमा गत ११ औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका ईश्वर पोखरेललाई हटाएर विष्णु रिमाललाई ल्याएको छ।
आज बसेको सचिवालय बैठकमा उपमहासचिव योगेश भट्टराईको आपत्तिका बाबजुद पनि पोखरेललाई हटाएर रिमाललाई प्रतिष्ठानमा ल्याइएको हो ।
रिमाल महाधिवेशनमा उपमहासचिवमा पराजित भएका थिए। उपमहासचिव भट्टराईले पोखरेललाई प्रतिष्ठानबाट हटाउँदा राम्रो सन्देश नजाने बताएका थिए ।
तर अध्यक्ष ओलीले ‘नयाँ नेतृत्व आएपछि पार्टीका निकायहरूको नेतृत्व पनि हेरफेर गर्नुपर्ने भएकाले अहिले पोखरेललाई हटाउनु उपयुक्त हुने भनेपछि बैठकले पोखरेललाई हटाएर रिमाललाई ल्याएको थियो ।
चितवनमा महासचिवमा प्रत्यासी सुरेन्द्र पाण्डेको नाम नै सिफारिस नगर्ने, यहाँ अध्यक्षमा प्रत्यासी बनेका ईश्वर पोखरेल हटाउने कुराले राम्रो सन्देश जाँदैन,’ भट्टराईले भनेका थिए। सोको जवाफमा अध्यक्ष ओलीले रिमाल महाधिवेशनमा पराजित हुँदा आफूलाई दुःख लागेको भन्दै उनलाई जिम्मेवारी दिनै पर्ने बताएका थिए।










Facebook Comments