काठमाडौँ । भदौ २३ र २४ गतेका घटनाबारे अनुसन्धान गर्न गठित पूर्व न्यायधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगसमक्ष काठमाडौं महानगरपालिकाका मेयर एवं रास्वपा नेता बालेन्द्र शाह (बालेन)ले लिखित बयान बुझाएका छन्।

आयोगले पठाएका प्रश्नहरूको जवाफमा शाहले लिखित बयान बुझाएको  छन्। यस अगाडि गत पुस ७ गते शाहले राष्ट्रिय मानव अधिकार आयोग पुगेर बयान दिएका थिए ।

ad

यसअघि तत्कालिन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि आयोगलाई लिखित बयान बुझाएका थिए ।