
काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले आज पार्टी केन्द्रीय कार्यालय सानेपा घेराउ गरेका छन्।
विधानको धारा १७ (२) अनुसार ५४ प्रतिशतभन्दा बढी (२,४८८ जना) महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएको तीन महिना पुग्न लाग्दा पनि केन्द्रीय नेतृत्वले बेवास्ता गरेकोमा आक्रोशित कांग्रेस नेता तथा कार्यकर्ताहरुले पार्टी केन्द्रीय कार्यालय घेराउ गर्दै नाराबाजी समेत गरेका छन् । घेराउपछि केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
विशेष महाधिवेशन पक्षधरहरूले चैत २७ र २८ गते विशेष महाधिवेशन गर्ने भनेर भृकुटीमण्डपमा हल तथा चउर बुकिङ गरिसकेका छन् । संस्थापन पक्षले भने नियमित महाधिवेशनलाई वैशाखमा सार्ने निर्णय गरेको छ ।










Facebook Comments