काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन पक्षधरहरूसँग छलफल गरेर माघ ६ गतेपछि बेलाउँदा उचित हुने बताएका छन् । उनले विशेष महाधिवेशन सहमतिको आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नु पर्ने पनि  बताए ।

आज बिहान आफ्नै विशालनगरस्थित सम्पर्क कार्यालयमा भेट्न पुगेका ३० केन्द्रीय सदस्यसँग डा. कोइरालाले भने– माघ ६ पछि राष्ट्रियसभा तथा प्रतिनिधि सभाको मनोनयनका सबै प्रक्रिया सकिन्छन् । यसरी बोलाउँदा एकताको सन्देश पनि जान्छ । 

ad

भेटमा केन्द्रीय सदस्यहरूको तर्फबाट पुष्पा भुसालले आफूहरू कुनै पक्षको नभएको तर पार्टीभित्रको विवादले चिन्तित बनाएर समाधानका लागि सबैसँग पहल गरिरहेको जानकारी दिइन् । 

भेटमा केन्द्रीय सदस्यहरू चिनकाजी श्रेष्ठ, डिला सङ्ग्रौला, रामजनम चौधरी, उदयशमशेर राणा, अर्जुन जोशी, आङगेलु शेर्पा लगायतका नेताहरू थिए