काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार र विदेशी शक्तिले चुनाव सार्ने षड्यन्त्र गरिरहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय, च्यासलमा मंगलबार बसेको एमालेको सचिवालय बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे ब्रिफिङ  गर्दै  अध्यक्ष ओलीले ‘एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने षड्यन्त्र गरिरहेको बताएको एमाले निकट उच्चस्रोतले जानकारी दिएको छ ।

ad

उनले अझ  निर्वाचन हुने वातावरण अझै बनि नसकेको पनि बताए । ‘नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउने कार्य चुनौतिपूर्ण बन्दै गएको छ र वैदेशिक हस्तक्षेप नाङ्गो रूपमा देखिन थालेको ओलीको भनाई थियो । 

ओलीले संसद् पुनर्स्थापना हुन नदिन सर्वोच्च अदालतका न्यायाधीशहरूलाई दबाब र धम्की दिने काम भइरहेको पनि बताए । एमालेको सचिवालय बैठक जारी रहेको छ। बैठकमा राष्ट्रिय सभाको निर्वाचनबारे पनि छलफल भइरहेको छ।