
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकको आज दिउँसो १ बजेपछि बस्ने भएको छ । आज बिहान ११ बजेदेखि बैठक बस्ने भनिएता पनि मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज बिहान सूचना जारी गरेर बैठकको समय १ बजेका लागि सारेको जानकारी दिएका हुन् ।
बैठकमा ११ माघमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट दिइने उम्मेदवारी र सम्भावित चुनावी तालमेलबारे छलफल हुने कांग्रेसका नेताहरुले बताएका छन् ।
यस अगाडि हिजो सोमबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रियसभा निर्वाचनमा गरिने चुनावी तालमेलबारे सदस्यहरुलाई ब्रिफिङ गरेका थिए । राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले चुनावी तालमेल गर्ने अन्तिम तयारी गरेको स्रोतले जनाएको छ ।










Facebook Comments