काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आम निर्वाचनमा नेपाली कांग्रेसले कुनै पार्टीसँग गठबन्धन नगर्ने बताएका छन् ।

आज काठमाडौंको जमलमा आयोजित पत्रकार सम्मेलनमा नेता सिटौलाले आम निर्वाचनमा कांग्रेसले सबै क्षेत्रमा उम्मेदवारी दिने बताए ।

ad

विशेष महाधिवेशनको सन्दर्भमा पत्रकारहरुले सोधेको प्रश्नमा उनले विशेष महाधिवेशन नहुने बताए । उनले भने–विशेष महाधिवेशन हुँदैन। केही विकल्पबारे मलाई थाहा छैन, विशेष महाधिवेशन हुँदैन मलाई यति चाहिँ थाहा छ।