
काठमाडौं । भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको पूर्व न्यायधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई बयानमा बोलाएको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतको बयान लिइसकेको छ ।
भदौ २३ र २४ को जेनजी आन्दोलनका बेला मेयर शाहले अप्रत्यक्षरुपमा सहयोग पुर्याएको दावी गरिएको छ । मेयर शाहले जेन–जी आन्दोलनलाई आफ्नो समर्थन रहेको कुरा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।









Facebook Comments