काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगले पुस २५ गतेदेखि लागू हुने गरी ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको हो । उनीहरूलाई न्याय परिषद्को परामर्शमा नियुक्त गरिएको आयोगले जनाएको छ ।

ad

यसैगरी, ८८ जना नेपाल न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतका रूपमा तोकिएको छ । उनीहरूको नियुक्ति न्याय सेवा आयोगको परामर्शमा गरिएको प्रवक्ता भट्टराईले बताए ।

नियुक्त मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले माघ २ गतेदेखि औपचारिक रूपमा आफ्नो काम सुरु गर्नेछन् । सोही दिन सम्बन्धित जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कार्य अघि बढाइने आयोगले जनाएको छ ।

आयोगले माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ । त्यसपछि फागुन २१ गते देशभर मतदान हुने कार्यतालिका रहेको छ ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको सूची