
काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा हुने नेकपा एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रममा सहभागी हुन पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ भारत प्रस्थान गर्ने भएका छन् ।
उनी कार्यक्रमको प्रमुख अतिथिको रूपमा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रचण्ड भोलि साँझ स्वदेश फर्किने कार्यक्रम छ । भारत बसाईका क्रममा उनको अन्य राजनीतिक भेटघाटको कार्यक्रम नरहेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।









Facebook Comments