काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच आज ललितपुरमा भेटवार्ता भएको छ ।

ओली र प्रचण्डबिच ललितपुरको च्यासलस्थित एक घरमा झण्डै आधा घण्टा वान टु वान वार्ता भएको हो । भेटवार्ताक बारेमा विस्तृत विवरण बाहिर नआए पनि उनीहरुबिच राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा तालमेल गर्नेबारे छलफल भएको स्रोतले जनाएको छ ।

ad

नेकपाका संंयोजक प्रचण्ड आजै नयाँदिल्ली जाने कार्यतालिका छ । उनी पार्टीनिकट प्रवासी संगठनको भेलालाई सम्बोधन गर्न नयाँ दिल्ली जान लागेका हुन् ।