
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भेनेजुएलामाथि अमेरिकी हस्तक्षेप संयुक्त राष्ट्रसंघको वडापत्रको उल्लङ्घन भएको बताएका छन् ।
उनले संयुक्त राष्ट्रसंघलगायत विश्व संस्थाहरूको औचित्यमाथि प्रश्न उठ्ने गरी कुनै एक देशका जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने कार्य अस्वीकार्य भएको बताएका छन्। उनले आज सामाजिक सञ्जालमार्फत यस्तो कदम आधुनिक विश्व र सभ्य समाजका लागि स्वीकार्य विषय हुन सक्दैन, हुनु पनि हुँदैन भनी लेखेका छन् ।
उनले भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको भनिएको घटनाले अन्तर्राष्ट्रिय कानुन, राष्ट्रिय सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर प्रश्न उठाएको समेत दावी गरे ।
यस प्रकारका विषयमा स्वयं संयुक्त राज्य अमेरिकाभित्रै गम्भीर, जिम्मेवार र खुला बहस आवश्यक छ। भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको सन्दर्भले अन्तर्राष्ट्रिय कानुन, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर प्रश्न उठाएको छ। यस प्रकारका विषयमा स्वयं अमेरिकी समाजभित्रै गम्भीर र जिम्मेवार बहस आवश्यक देखिन्छ, उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।









Facebook Comments