
नेपाली कांग्रेसको प्रवासमा रहेका अधिकांश जनसम्पर्क समितिहरुले पनि विशेष महाधिवेशनको पक्षमा उभ्याएका छन् ।
जनसम्पर्क समिति अष्ट्रेलियाका महामन्त्री अच्युत अधिकारीले नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधानको अचुक उपाय भनेकै विधान अनुसार विशेष महाधिवेशन गर्नु पर्नेमा जोड दिए । जेनजी आन्दोलनपछि अहिले नेपालको राजनीति तरल अवस्थामा रहेकाले समस्या समाधानका लागि नेपाली कांग्रेसले पहल गर्नुको साटो विवादमा रुमलिँदा समग्र देशलाई नै घाटा पुग्नेउल्लेख गरे ।
अहिले ५४ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर विशेष महाधिवेशन बोलाउन माग गरेकाले विधान कार्यान्वयन गर्ने जिम्मेरी संगठन विभाग प्रमुखकको नाताले केन्द्रका महामन्त्रीको भएको पनि अधिकारीको भनाई छ । अष्ट्रेलिया जस्तै अमेरिकामा रहेका जनसम्पर्क समितिका च्याप्टरहरुले पनि विशेष महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् ।
गत असोज २९ गते विशेष महाधिवेशन पक्षधरले हस्ताक्षर बुझाएका थिए । हस्ताक्षर बुझाएको ९० दिनभित्र विशेष महाधिवेशन बोलाउनु पर्ने बाध्यता छ । तर ४८ दिन सम्म चलेको केन्द्रीय कार्यसमितिको बैठकले पुस २६-२८ नियमित महाधिवेशनको कार्यतालिका अनुमोदन गर्दै माघ मसान्तसम्म केन्द्रीय कार्यसमितिको म्याद थप गरेको थियो ।
कार्यतालिका अनुसार पुस १६ मा वडा अधिवेशन प्रभावित भएपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले अब विशेष महाधिवेशनको ढोका खुलेको बताएका थिए ।
महामन्त्रीद्वयले पुस २७-२८विशेष महाधिवेशनका लागि भृकुटीमण्डपमा हल ‘बुक’ गरिसकेको जनाइएको छ ।










Facebook Comments