
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कुनै पनि हालतमा पार्टी फुट्न नदिने बताएका छन् ।
विशेष महाधिवेशनले पार्टी विभाजनमा जाने भन्दै समन्वयमा जुटेका नेपाली कांग्रेसका २५ केन्द्रीय सदस्यहरुसँग आज भएको भेटमा महामन्त्रीद्वयले उक्त प्रतिवद्धता जनाएका हुन् ।
उनीहरूले महामन्त्रीद्वयलाई भेटेर हस्ताक्षरकर्ता र त्यसका पक्षमा रहनेहरूले मात्र विशेष महाधिवेशन गर्दा पार्टी विभाजनमा जाने भन्दै पार्टी जोगाउन आग्रह गरेका थिए । महामन्त्रीद्वयले विशेष महाधिवेशन विधानको बाध्यात्मक व्यवस्था भएकाले मिति तोकिएको समेत स्पष्ट पारे ।
मङ्सिर १५ गते १५औँ महाधिवेशनका सन्दर्भमा केन्द्रीय समितिले गरेको निर्णय कार्यतालिका अनुसार अगाडि नबढेपछि महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशनको प्रक्रिया बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै स्थगित गर्दै विशेष महाधिवेशनको तयारी शुरु गरेका थिए ।









Facebook Comments