काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बिहिबार नियमित महाधिवेशन स्थगन गरेर विशेष महाधिवेशनको लागि आह्वान गरेपछि कांग्रेसमा तरंग उत्पन्न भएको छ ।

शुक्रबार बिहान कांग्रेसका २५ केन्द्रीय सदस्यहरूले सभापति शेरबहादुर देउवालाई उनकै निवास, महाराजगञ्जमा गई भेटेर विशेष महाधिवेशन रोक्नुपर्ने भन्दै ध्यानाकर्षण गराएका छन्। 

ad

भेटमा सभापति देउवाले आफू पार्टी विभाजनको विपक्षमा रहेको बताएको भेटमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए । यसअघि नियमित महाधिवेशनको लागि दबाब बढाउँदै आएको २५ जना केन्द्रीय सदस्यले  सभापति देउवालाई भेटेका थिए । 

ती केन्द्रीय सदस्यहरुले सभापति देउवालाई भेटेर  महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि भेटेका थिए ।