
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा विशेष महाधिवेशनमा पेस गर्नका लागि प्रतिवेदन लेखनमा जुटेका छन् । काभ्रेको धुलिखेल पुगेर थापा प्रतिवेदन लेखनमा लागेका हुन् ।
नियमित महाधिवेशन हुन नसकेपछि महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन् ।
महामन्त्रीद्वयले बिहीबार मात्रै नियमित महाधिवेशनका प्रक्रिया स्थगित भएको र विशेष महाधिवेशन तयारी सुरु गरिएको जानकारी दिएका थिए ।
कांग्रेसको विशेष महाधिवेशन पुस २७ र २८ गते काठमाडौंमा आह्वान गरिएको छ । नियमित महाधिवेशन हुन नसकेपछि विशेष महाधिवेशनको तयारी भइरहेको हो ।
कांग्रेस महामन्त्री थापाले आफू प्रतिवेदन लेखनमा व्यस्त रहेको बताए । उनले भने, ‘म विशेष महाधिवेशनमा पेस गर्ने प्रतिवेदन लेखनमा संलग्न भएकाले प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार छनोट प्रक्रियामा संलग्न छैन ।’










Facebook Comments