काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा राख्नुपर्ने माग अस्वीकार गरेको छ । 

लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको मुद्दामा जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गरेको थियो ।

ad

जिल्लाको आदेशविरुद्ध सरकारी वकिलले उच्च अदालत पाटनमा वेरितको निवेदन दिएको थियो । न्यायाधीशद्वय खडान्नद तिवारी र दीपककुमार खरेलको इजलासले धरौटीमा रिहा गर्ने आदेश सदर गरेको हो ।

गत २ माघ २०८१ मा जिल्ला अदालत काठमाडौंले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।