
काठमाडौं । सुनसरीको कोशी गाउँपालिकामा सशस्त्र प्रहरीको गोली प्रहारबाट स्थानीय विजय साहको मृत्यु भएपछि आज बिहानदेखि नै सो क्षेत्रमा स्थानीय बासिन्दाहरुको प्रदर्शनका कारण तनावग्रस्त बन्न पुगेको छ ।
तस्करी नियन्त्रणका लागि अनुसन्धानका क्रममा खटिएको शसस्त्र प्रहरीले गएराति गोली चलाउँदा ४५ वर्षीय साहको घटनास्थलमै मृत्यु भएको थियो ।
सशस्त्र प्रहरीले शाहको हत्या गरेको भन्दै आक्रोशित स्थानीय बासिन्दाले प्रदर्शन गरेपछि लौकही बजार तनावग्रस्त बन्न पुगेको छ । प्रदर्शनकारीहरुले पूर्वपश्चिम राजमार्गस्थित लौकही बजारमा मृतक साहको शव राखेर यातायात ठप्प बनाएका छन् भने सशस्त्र प्रहरी बलको बिटमा आगजनी गरेका छन् ।
स्थानीयले प्रहरीमाथि ढुंगामुढासमेत गरेका छन्, प्रहरीले भिड तितरबितर पार्न हवाई फायर गरेको छ ।









Facebook Comments