काठमाडौं । नेपाली कांंग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि देखाएको साहस, दूरदृष्टि र त्याग आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।

नेपाली कांग्रेस , भक्तपुरले ५० औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आज आयोजना गरेको विचारगोष्ठी कार्यक्रममा बोल्दै सिटौलाले वीपी कोइरालाले आफ्नो व्यक्तिगत जीवन, स्वतन्त्रता र ज्यानसम्मको जोखिम मोलेर राष्ट्रलाई जोगाउने बाटो रोज्नुभएको बताए । उनले २०३३ साल पुस १६ गते मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै स्वदेश फर्किनु केवल राजनीतिक निर्णय थिएन, त्यो राष्ट्रिय एकता र मेलमिलापको ऐतिहासिक कदम पनि स्पष्ट पारे ।  आजको लोकतान्त्रिक अभ्यासमा पनि संवाद, सहमति र मेलमिलाप अपरिहार्य भएको उनको भनाई थियो । 

ad

कार्यक्रमका सभापति तथा नेपाली कांग्रेस, भक्तपुरका सभापति एवम् निर्वतमान सांसद दुर्लभ थापाले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस नेपाली लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण ऐतिहासिक धरोहर भएको बताए। वीपी कोइरालाले देखाएको राष्ट्रिय एकता, मेलमिलाप र लोकतान्त्रिक मूल्यको मार्ग आजको पुस्ताले आत्मसात् गर्न आवश्यक भएको उल्लेख गर्दै उनले वीपीको विचार आज पनि मार्गदर्शक बनेको बताए । 

भिडियो सहित 

https://www.facebook.com/share/v/16HEkiaWta/