
काठमाडौं । २०७८ साल मंसिरमा राप्रपाको सातौं महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग हारेपछि आक्रोशित बन्दै पूर्व राजा ज्ञानेन्द्रलाई सत्तोसराप गर्दै पार्टी छाडेर राप्रपा नेपाललाई ब्युँत्याएका कमल थापा ४ बर्षपछि फेरि राप्रपामै फर्किएका छन् ।
अध्यक्षमा पराजित भएपछि आफुलाई पूर्व राजा ज्ञानेन्द्र र निर्मल निवासले हराएको आरोप लगाउँदै राप्रपा नेपाललाई ब्यूँताएर हिन्दु गणतन्त्रको एजेण्डा बोक्दै हिडेंका थापा २०७९ को आमचुनावमा एमालेको सूर्य चिन्हबाट मकवानपुरमा चुनाव समेत लडे ।
एमालेको साथ पाउँदा पनि उनी पराजित भए भने उनको पार्टीले समानुपातिकतर्फ लज्जास्पद मत प्राप्त गरेपछि २ बर्ष अगाडि नै राप्रपामा मिसिने इच्छा राख्दै आएका थापालाई लिङ्देनले पूर्णरुपमा बेवास्ता गर्दै आए पनि अहिले भने थापालाई पार्टीमा भित्र्याउन तयार देखिए ।
राप्रपा र थापा नेतृत्वको राप्रपा नेपालबीच केही दिन अगाडि एकता गर्ने सहमति भएको हो । सहमतिअनुसार पार्टी एकता घोषणा कार्यक्रम आज राष्ट्रिय सभा गृह काठमाडौंमा भएको छ ।









Facebook Comments