काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव अगाडि महाधिवेशन गर्दा पार्टीमा हुने प्रतिस्पर्धाको असर निर्वाचनमा पर्न सक्ने भनेर आफूले पार्टीका नेताहरुलाई सुझाव दिएको स्पष्ट पारेका छन् ।

उनले चुनाव अगाडि नै महाधिवेशन गर्ने भए आफू बाधक नबन्नेसमेत बताएका छन् । आज केही पत्रकारहरुसँग भेटघाट गर्दै देउवाले विशेष महाधिवेशन भने गर्न नहुने बताए । नियमित गर्ने भए मिलेर गर्दा हुन्छ, देउवाले भने । आफू १५ औं महाधिवेशनको प्रतिस्पर्धी नभएकाले तटस्थ रहने  समेत बताए ।

ad

देउवाले १५औं महाधिवेशनमा विधानत आफू सभापतिको उम्मेदवार बन्न नमिल्ने र आफ्नो इच्छा पनि नभएकाले अरुलाई प्रोत्साहन मात्र गर्ने स्पष्ट पारे ।