काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिक उम्मेदवार सूची आज मात्रै बुझाएको छ। कांग्रेसले हिजै निर्वाचन आयोगमा निस्सा लिएर आज उम्मेदवारको सूची बुझाएको हो ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेल लगायतले आज बिहान साढे ११ बजेतिर निर्वाचन आयोगमा ११० जना उम्मेदवार सूची बुझाएका छन्। कांग्रेसभित्रका विभिन्न पक्षमा देखिएका नेताहरुबीचको रस्साकस्सीले उम्मेदवार छनोटमा सकस देखिएपछि उम्मेदवारको सूची बुझाउन ढिलाई भएको कांग्रेसका एक नेताले जानकारी दिए । कांग्रेसले नयाँ अनुहारलाई प्राथमिकता दिएको जनाएको छ।

ad

कांग्रेसले पटक पटक अवसर पाएकाहरूलाई समानुपातिक उम्मेदवार नबनाउने निर्णय यसअघि गरेको थियो । १४ जना पदाधिकारीमध्ये सहमहामन्त्री भीष्मराज आङ्देम्बे मात्रै समानुपातिक उम्मेदवार सूचीमा परेको पनि कांग्रेस निकट स्रोतले जनाएको छ ।