काठमाडौं । सरकार र जेनजीबीचको सहमति सिंहदरबारभित्रै च्यात्ने समूहका युवाहरूले सोमबार निर्वाचन आयोग पनि हुलदंगा गरेका छन् ।

अजय सोडारीलगायत युवाहरूले निर्वाचन आयोगको कार्यालयभित्रै पुगेर चुनावी प्रक्रिया बन्द गर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

ad

सरकार र जेनजीबीच २४ मंसिरमा प्रधानमन्त्री कार्यालयमा भएको सम्झौताका क्रममा पनि सोडारीलगायत युवाहरू सम्झौता समारोहमा पुगेका थिए ।

सम्झौता भएलगत्तै उनीहरूले प्रधानमन्त्री कार्यालयको हलमा नै सम्झौता च्यातेका थिए । उनीहरू त्यबेला पनि कार्यालय परिसरमै हुलदंगा गरेका थिए ।

उक्त घटनामा उन्मुक्ति पाएका सोडारीलगायत युवाहरू सोमबार निर्वाचन आयोग पुगेका थिए । दलहरूले समानुपातिक सूची बुझाउने प्रक्रिया चलिरहेका बेला युवाहरूको समूह त्यहाँ कार्यालयभित्रै पुगेको थियो ।

उनीहरूले निर्वाचन धोका हो भन्दै नाराबाजी गरेका थिए । उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध पनि नाराबाजी गरेका थिए ।