
काठमाडौँ — पूर्व गृहमन्त्री रमेश लेखकर्ले आफूलाई स्थानहद गरिएको बारे कुनै जानकारी नआएको बताएका छन् ।
भदौ २३ र २४ को घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगलाई बयान दिएर फर्किएपछि कांग्रेस संसदीय दलमा सञ्चारकर्मीसँग कुराकानी गदै आफूमाथि कुन कानुनअनुसार कुन प्रयोजनका लागि र कति समय स्थानहद गरिएको हो भन्नेबारे अहिलेसम्म जानकारी नपाएको बताए ।
उनले उनले भदौ २४ को घटनामा घुसपैठ भएको बताए । उनले भने– मेरो राजीनामापछि भदौ २४ गतेका दिन जे जस्ता हिंसात्मक एवं राष्ट्रिय अस्तित्व, स्वाभिमान र लोकतन्त्र विरूद्धका घटना भए, ती कुनै देशभक्त नेपालीले कल्पना गर्न सक्ने कुरा थिएनन्। उनले जाँचबुझ आयोगले प्रदर्शनमा कसले कसरी घुसपैठ गर्यो भन्ने विषयलाइ पनि अत्यन्त सूक्ष्म ढंगले अनुसन्धान गर्न आवश्यक रहेको पनि बताए ।









Facebook Comments