
काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएका घटनाबारे जाँचबुझ आयोगमा आज उपस्थित भएर लिखित बयान दिएका छन्।
उनले आफूले प्रदर्शनका क्रममा बल प्रयोग गर्न कुनै लिखित वा मौखिक आदेश नदिएको दावी पनि गरेका छन् । आयोगलाई बुझाएको ६ पृष्ठ लामो लिखित बयानमा लेखकले भदौ २२ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आफूले ’कुनै हताहती (क्याजल्टी) नहोस् र संयमता अपनाउनू’ भनी स्पष्ट निर्देशन दिएको जिकीर पनि गरेका छन् ।
उनले भदौ २३ गते युवाहरूको ज्यान गएपछि आफू मर्माहत भएको र नैतिकताको आधारमा तत्कालै राजीनामा दिएको पनि बताए । उनले लेखकले जेनजी समूहले भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राख्दै गरेको शान्तिपूर्ण प्रदर्शनलाई लोकतन्त्र विरोधी तत्त्वले ‘हाइज्याक’ गरेर हिंसात्मक बनाएको दावी पनि गरेका छन् ।
आयोगसमक्ष लेखकले आफूलाई स्थान हद तोकिएको र राहदानी रोक्का गरिएको विषयमा गम्भीर असन्तुष्टि जनाएका छन्।









Facebook Comments