
काठमाडौँ । भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिनका लागि पूर्व न्यायधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन भएको जाँचबुझ आयोगमा तत्कालीन गृहमन्त्री रमेश लेखक आज बयान दिन पुगेका छन् ।
उनले आजै अपरान्ह कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बयानका बारेमा सञ्चारकर्मीहरुलाई जानकारी दिने कार्यक्रम समेत राखेका छन् । बयानका बारेमा जानकारी गराउने कार्यक्रम राखेका छन् ।
आयोगले यसअघि सुरक्षा निकायका प्रमुख र प्रशासनिक निकायका प्रमुखहरुको बयान लिएको थियो । आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, मुख्यसचिव एकनारायण अर्याल,नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङ लगायतको पनि बयान लिइसकेको छ ।









Facebook Comments