काठमाडौं । नेपाली कांग्रेसको जारी कार्यसम्पादन समितिको बैठकले १२ पुसमा गरेको निर्णयलाई १३ पुसको बनाएर पत्राचार गरिएको छ । 

कांग्रेसको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले प्रदेश, जिल्ला, प्रतिनिधिसभा क्षेत्रीय, प्रदेशसभा क्षेत्रीय, पालिका र वडा कार्यसमितिलाई गरेको सर्कुलरमा मिति फरक राखेर पत्र पठाइएको हो । 

ad

कांग्रेस बैठकले पार्टीको भविष्यमा समेत प्रभाव पार्ने गरी महत्त्वका निर्णय गरेको छ । अघिल्लो प्रतिनिधिसभामा हितविपरीत काम गरेको आरोपमा कारबाहीमा परेका सबैको कारबाही फुकुवा गरिएको छ । 

त्यस्तै, पार्टी परित्याग गरेकालाई घर फर्किन आह्वान गरिएको छ भने बौद्धिक र व्यावसायिक क्षेत्रलाई समेत पार्टीका सक्रिय हुन आह्वान गरिएको छ ।