
काठमाडौँ — नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिमा को को जुट्छन्, को को फुट्छन्, कांग्रेसलाई चासोको बिषय नभएको बताएका छन् ।
रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन साहबीचको सहमतिको सन्दर्भमा कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा पत्रकारहरुले सोधेको प्रश्नमा उनले उक्त प्रतिक्रिया दिएका हुन् । उनले रवि र बालेनको मिलन राजनीतिमा कुनै अनौठो नभएको बताए ।
उनले भने–हरेक चुनौतीको सामना गर्न तयार भएको कांग्रेसले राणाकालीन चुनौति, पञ्चायती चुनौती फेस गरेको कारणले अब अहिले आएर को-को मिल्छन् त्यसलाई खासै गम्भीर ढंगले लिएको छैन ।









Facebook Comments