काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच बृहत एकतामा हस्ताक्षर भएसँगै रास्वपा नेता बनेका बालेन शाहले फागुन २१ गते तोकिएको प्रतिनिधिसभा चुनावअघि नै मेयर पदबाट राजीनामा दिने तयारी गरेका छन्।

मेयरबाट राजीनामा दिंदै उनी चुनावमा उम्मेदवार हुने तयारीमा छन् । उनी कहाँबाट चुनाव लड्ने हुन् ? त्यो भने यकीन नभईसकेको बताईएको छ । यही पुस महिनाभित्र राजीनामा दिने तयारी उनले गरेका छन्  । 

ad