काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्ताव उज्यालो नेपाल पार्टीले अस्वीकार गरेको छ । रास्वपाले पार्टीको नाम रास्वपा र चुनाव चिह्न घण्टी नै लिएर निर्वाचनमा जानुपर्ने प्रस्ताव अघि सारेको थियो । त्यसबारे पनि संरक्षक घिसिङले ब्रिफिङ गरेका थिए ।

रास्वपाले सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा कुलमान घिसिङ र प्रधानमन्त्रीमा बालेन शाहलाई अघि सार्ने प्रस्ताव गरेको थियो । 

ad

आज बसेको पार्टी केन्द्रीय समितिको बैठकले रास्वपाको प्रस्ताव अस्वीकार गर्ने र एकताको थप संवादका अध्यक्षलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

आज दिउँसो १ बजेदेखि बसेको बैठकमा उज्यालो नेपाल पार्टीका संरक्षक समेत रहेका ऊर्जामन्त्री कुलमान घिसिङले सो प्रस्तावबारे ब्रिफिङ गरेका थिए । बैठकमा उक्त प्रस्तावमा अघि बढ्न नसक्ने निष्कर्ष निकालिएको थियो ।