प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै संयुक्त जेनजी आन्दोलनका युवाले शुक्रबार माइतीघरमा राँके जुलुस निकालेका छन् ।

उनीहरूले गृहमन्त्री ओमप्रकाश अर्याल र हामी नेपाल नामक संस्थाका संयोजक सुधन गुरुङविरुद्ध पनि नाराबाजी गरेका छन् । 

ad

जेनजी अगुवा अजय सोडारीसहित सुनिल सिंह, प्रकाश रावल, अर्जुनजंग मल्ल, सुसिल बुढाथोकी, वीरजंग विकलगायतको टोलीले राँके जुलुस निकालेको हो ।

प्रहरीले पक्राउ नगरेको तर, धरपकड गर्दै लखेटको छ । निकोलस भुसालको अनसन जारी छ ।