
काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्र मन्त्री बन्ने भएका छन् । उनलाई आज दिउँसो साँढे २ बजे राष्ट्रपति कार्यालय, शितलनिवासमा मन्त्रीको शपथ गराउने तयारी भएको छ ।
परराष्ट्र मन्त्रालय हाल प्रधानमन्त्री सुशीला कार्की आफैंले सम्हाल्दै आएकी छिन् । केही दिन अगाडि प्रधानमन्त्री कार्कीले शर्मालाई सरकारमा सहभागी हुन अनुरोध गरेकी थिइन् । त्यसमा शर्मा सकारात्म देखिएका थिए ।
शर्मा माओवादी लडाकु समायोजन समितिमा रहेर र कोभिड संकटको बेला सीसीएमसीमा समेत काम गरिसकेका छन् । शर्माको नियुक्तिसँगै प्रधानमन्त्रीको मन्त्रिपरिषद् १५ सदस्यीय बन्ने भएको छ ।









Facebook Comments