
काठमाडौं । एनआईसी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् । नेपालको बैंक तथा वित्तीय क्षेत्रमालामो अनुभव संगाल्नु भएका अग्रवाल बैंकको अध्यक्ष पदमा नियुक्त भएका हुन् ।
पुस ९ गते बुधबार बसेको बैंकको सञ्चालक समितिको ७४४ औं बैठकले अग्रवाललाई उक्त पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् ।
बैंकको अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त अग्रवालले नेपालको बैंक, वित्तीय क्षेत्र, बीमातथाकर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुका साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पु¥याएका छन् ।
उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालिन योजनामा विश्वास राख्ने अग्रवालको कार्यकालमा बैंकले महत्वपूर्ण उपलब्धिहरु हासिल गर्नुका साथै बैंकले सफलताको थप उचाई प्राप्त गर्नुको साथै बैंकलाई प्रतिष्ठाको नया ँशिखरमा पु¥याउने दृढ विश्वास लिएको छ ।










Facebook Comments