काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) शनिबार सर्लाहीको सदरमुकाम मलंगवामा आयोजना गर्न लागिएको एकता सन्देश सभा स्थगित भएको छ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा हुने तय गरिएको उक्त सभा अन्तिम समयमा स्थगित गरिएको नेकपा नेता अच्युतम काफ्लेले बताए।

ad

पार्टीले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने र तयारीको काममा लाग्नुपर्ने भन्दै उक्त सभा स्थगित गरेको हो । 

स्थगित कार्यक्रम माघ महिनामा सञ्चालन गर्ने बताइएको छ ।