
काठमाडौं । रास्वपाका अध्यक्ष रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच ललितपुरको कुपण्डोलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा वान टु वान वार्ता भईरहेको छ ।
वार्ताका क्रममा वार्तास्थल पुगेका जेनजी अगुवा सुदन गुरुङले दुई नेताहरूबीच सहमति नभएसम्मका लागि गेटमा ताला लगाइदिएको जानकारी गराएका छन् । सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनले रवि र बालेनलाई भित्र राखेर बाहिरबाट गेट बन्द गरिएको बताएका हुन् ।
‘यहाँ हाम्रो दुई जना नेताहरू भित्र हुनुहुन्छ । जबसम्म उहाँहरू दुई जना मिल्नु हुँदैन तबसम्म यो गेट खोलिँदैन । हामीचाहिँ ताला लाएर राखेका छौँ,’ गुरुङले सामाजिक सञ्जालमा राखिएको भिडियोमा गुरुङले भनेका छन् ।









Facebook Comments