काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले चुनावको विरोध नगरेको स्पष्ट पारेका छन् ।

एमालेको राष्ट्रिय महाधिवेशनमा खटिएका स्वयंसेवक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले चुनावी विरोधी नभएको बताए। एमालेले प्रतिगमनको विरोध गरेको उनको भनाई थियो ।

ad

ओलीले उनले निर्वाचनको वातावरण सरकारले बनाउन नसकेकाले तोकिएको मितिमा चुनाव हुने सम्भावना नरहेको  पनि बताए। ओलीले आफूहरूमाथि आक्रमणको प्रयास भइरहँदा सरकारले सुरक्षा खोसेको आरोप पनि लगाए । अहिले पनि विभिन्न ठाउँमा आक्रमण हुने क्रम जारी रहेको उनको भनाई छ ।