
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लवले ५ सय र १ हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् ।
बिहीबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा कालोधनलाई वैध बनाउन नोटबन्दी गर्नुपर्ने बताएका हुन् ।
उनले ५ सय र १ हजारका नोटमा प्रतिबन्ध लगाएर त्यसको सट्टामा नयाँ नयाँ नोट दुई सय, ४ सय र दुई हजार रुपैयाँका नोटहरु प्रचलनमा ल्याउन सकिने बताए ।
उनले भ्रष्टाचार नियन्त्रणको लागि उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्नेमा पनि जोड दिए । उच्चस्तरीय आयोगले छानबिन गरेर उच्चस्तरीय न्यायलयबाट फैसला हुनेगरी व्यवस्था गर्नुपर्ने उनको भनाई थियो ।
उनले भ्रष्टाचारीहरुको सम्पति राष्ट्रियकरण गर्नुपर्ने र हदैसम्मको जन्म कैदसम्मको फैसला गर्ने व्यवस्था गर्नुपर्नेमा पनि जोड दिए ।
उनले भ्रष्टाचार अन्त्य, भ्रष्टाचारीलाई कारबाही र संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचन कार्यकारीको व्यवस्था गर्नुपर्ने जेनजी आन्दोलनको ‘म्याण्डेट’ भएको उल्लेख गर्दै तर अन्तरिम सरकार बनेपछि चुनावलाई मात्रै जोड दिएर काम भइरहेको समेत बताए ।
उनले पार्टीले उठाएका माग पूरा नगरे आफूहरु शान्तिपूर्ण आन्दोलनमा उत्रिने चेतावनी पनि दिए ।









Facebook Comments