काठमाडौं । भदौ २३ र २४ गतेको जेन जी आन्दोलनमा भएको क्षति छानविन गर्न पूर्व न्यायधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि आज पत्र काटेको छ ।

पत्रमा लेखकलाई आयोगमै ७ दिनभित्र उपस्थित भएर बयान दिन भनिएको छ । यसअघि आयोगले तत्कालीन समयमा प्रशासनिक र सुरक्षा निकायको नेतृत्वमा रहेकाहरुको बयान लिईसकेको छ । आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि पत्र पठाउने तयारी रहेको आयोगस्रोतले जनाएको छ । 

ad