काठमाडौं । नेपाली कांग्रेसले बुधबार दिउँसो १ बजे केन्द्रीय कार्यालय, सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

ad

बैठकमा १५ औं महाधिवेशनको कार्यतालिका हेरफेर लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।