काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्य नवीकरणका लागि ९ दिन थप गरेको छ । यसअघि गत मंसिर समान्तसम्मको समय राखिएकोमा समयसीमामा काम सकिएको थिएन ।

समितिको सोमबार रातिको बैठकबाट म्याद थपिएको हो । बुधबार मध्याह्न १२ बजेसम्म आइपुगेका फारामलाई केन्द्रले लिन्छ त्यसपछि आएका फारामलाई नलिने समितिका एक सदस्यले बताए । पार्टी केन्द्रीय कार्यसमितिको मंसिर १५ गतेको बैठकले नवीकरणका लागि मंसिर २४ गतेसम्मको समय दिएको थियो । त्यो समयमा नसकिने भएपछि क्रियाशील सदस्यता व्यवस्थापन समितिले  मंसिर मसान्तसम्म सक्ने निर्णय गरेको थियो ।

ad

नयाँ क्रियाशील सदस्यताको फारम वितरण गर्ने समय पनि पुस १० गतेसम्म राख्ने सहमति समितिमा बनेको छ, तर निर्णय भने भएको छैन ।