
काठमाडौं । भदौ २३ र २४ गतेका घटनाको जाँचबुझका लागि सरकारले पूर्व न्यायधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग बयानको लागि पत्र पठाउने तयारी गरेको छ ।
आयोगलाई सुरुमा तीन महिना म्याद दिइएकामा सरकारले पछिल्लो पटक एक महिना म्याद थप गरिसकेको छ । आयोगले उनीहरूलाई केही दिनको म्याद राखेर आजभोलि नै पत्र पठाउने तयारी गरिरहेको छ । ओलीले सार्वजनिक रूपमा नै आफू आयोगमा बयान दिन नजाने बताउँदै आएका छन् ।
यसअघि राष्ट्रिय मानवअधिकार आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याल, तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी,पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहलगायत १४६ जनासँग सोधपुछ गरिसकेको छ ।









Facebook Comments