काठमाडौं । निर्वाचन कानुन र व्यवस्थापनबारेको प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सिंहदरबारमा सर्वपक्षीय छलफल शुरु भएको छ ।

छलफलमा विभिन्न राजनीतिक दलहरू र नागरिक प्रतिनिधिहरूको सहभागिता रहेको छ । छलफलमा गृह मन्त्रालयका अधिकारी र निर्वाचन आयोगको प्रस्तुतीकरण रहनेछ । 

ad

छलफलमा विदेशमा रहेका नेपालीलाई मताधिकार दिने, अन्तर निर्वाचनक्षेत्र मतदानको व्यवस्था र नो भोटको प्रावधानबारे प्रस्तुतीकरण दिंदै गृह मन्त्रालयले सुझाव माग गरेको छ ।

गृह मन्त्रालयले गरेको प्रस्तुतीकरणमा उल्लेख भएअनुसार यी तीन वटा विषयलाई सम्बोधन गर्ने गरी सरकारले निर्वाचनसँग सम्बन्धित चार वटा ऐन संशोधन गर्न लागेको छ । यसका लागि गृह मन्त्रालयले विधेयकको मस्यौदा तयार पारेको थियो । उक्त विधेयक कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयबाट गृह मन्त्रालयमै फर्किएको छ ।