काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग गर्दै आज काठमाडौंको माइतीघरमा मिराज  ढुंगाना नेतृत्वको जेनजी समूहले प्रदर्शन गरेको छ ।

आज बिहानदेखि विरोध प्रदर्शनमा उत्रिएपछि माइतीघरमा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल समेत भएको थियो । प्रहरीले केही प्रदर्शनकारीहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ । प्रदर्शनकारीहरूले कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको मर्म र युवा पुस्ताको भावनालाई समेट्न नसकेको भन्दै नाराबाजी गरेका थिए।

ad

भदौ २३ र २४ गतेको जेनजी आन्दोलन कार्की नेतृत्व सरकारले तुहाउन खोजेको भन्दै सर्वदलीय सरकार गठनको माग समेत प्रदर्शनकारीहरुले गरेका छन् । 

जिल्ला प्रशासनको अनुमति नलिइ कार्यक्रम गरिएको भन्दै उनीहरूलाई प्रहरीले त्यहाँबाट हटाएको थियो ।