
काठमाडौं । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले राजसंस्था पुनस्र्थापनाको सम्भावना भएको भन्ने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको अभिव्यक्ति उदेक लाग्दो भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत ज्ञवालीले लेखेका छन्– ‘पूर्वराष्ट्रपतिज्यूले राजतन्त्र पुनस्र्थापना हुन सक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लाग्यो । आफैं उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?’
पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिने क्रममा पूर्वराष्ट्रपति भण्डारीलेले राजसंस्था पुनस्र्थापनाको सम्भावना पनि रहेको बताएकी थिईन् । यो अभिव्यक्तिले आँखा बिझाएको ज्ञवालीको टिप्पणी छ । यसका साथै उनले एमाले महाधिवेशनपछि भएको छुट्टै भेलालाई पनि आँखा बिझाउने दृश्यका रुपमा ज्ञवालीले उल्लेख गरेका छन् ।









Facebook Comments