
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न रास्वपा सभापति रवि लामिछानेसहितको टोली बालुवाटार पुगेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले समसामयिक राजनीतिक विषय र निर्वाचन केन्द्रित छलफलका लागि रास्वपाका नेताहरुसँग भेट्न लागेको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए ।
उक्त टोलीमासोबिता गौतम, शिशिर खनाल, कविन्द्र बुर्लाकोटी, विपिन आचार्यसहितका नेताहरु रहेका छन् ।
तुलसीपुर उच्च अदालतको आदेशबाट बिहीबार धरौटीमा रिहा भएका लामिछाने शुक्रबार मात्रै थुनामुक्त भएका थिए ।
उनले आइतबारदेखि पुनः पार्टीको सभापतिको जिम्मेवारी सम्हालेका छन् ।









Facebook Comments