
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि तर्क र वहानामा निर्वाचन सार्ने काम भएर आफूहरु रमिते भएर नबस्ने चेतावनी दिएका छन् ।
पार्टीको बागमती प्रदेश कमिटीले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै उनले फेरि निर्वाचन मिति सार्नेरधकेल्ने गर्न खोजे चुप लागेर नबस्ने बताएका हुन् ।
‘हामीले भनेका छौं, सहज ढंगले निर्वाचन सम्पन्न होस्,’ प्रचण्डले भने, ‘सरकारलाई हामी भन्न चाहन्छौं, तपाईंहरू कुनै तर्क र बाहनामा निर्वाचन सार्ने दुस्साहस नगर्नुहोला ।’ उनले धनगढीदेखि काठमाडौंसम्म जनताको उपस्थितिलाई खेलाँची नठान्न आग्रह गर्दै यो शक्तिलाई जिस्क्याइयो र संविधानसँग फेरि खेलवाड गरियो भने यो सडकमा आउने बताए ।
उनले नेपाली कम्युनिस्ट पार्टीले जित्छ कि भनेर अताल्लिएकाहरू चुनाव बिथोल्न लागेको पनि बताए ।









Facebook Comments