
काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीसँग झण्डै तेब्बर मतको अन्तरले पराजित भएका ईश्वर पोखरेल समूहको काठमाडौँको बबरमहल स्थित कार्की ब्याङ्क्वेटमा आज भेला भएको छ ।
हालै सम्पन्न नेकपा एमालेको ११ औँ महाधिवेशनमा पोखरेल प्यानलले पदाधिकारीमा दुई पदमा जित हासिल गरेको थियो । पोखरेल समूहबाट गोकर्ण विष्ट उपाध्यक्ष र योगेश भट्टराई उपमहासचिवमा विजयी भएका हुन् ।
भेलामा पोखरेलसहित, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई, कर्ण थापा, गोकुल बास्कोटा लगायत नेताहरू सहभागी छन् ।









Facebook Comments