
काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले फेरि पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई बिहीबार काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको हो । यसअघि पनि उनी साउन ५ मा पक्राउ परेर छुटेका थिए ।
पाँच महिनाअघि ठगी र आपराधिक लाभ लिन नहुने कसुरमा पक्राउ परेर छुटेका अग्रवाललाई पुन पक्राउ गर्नुको कारण ब्यूरोले सार्वजनिक गरेको छैन ।
अग्रवाललाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले बताए ।










Facebook Comments